एनआरटीविरुद्ध आर्मीको जवाफी गोल, खेल १-१ को बराबरीमा

| 2018 Sep 29 | 04:20 pm 1973

काठमाडौं, असोज १३: ए’ डिभिजन लिग अन्तर्गत पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले एनआरटीविरुद्ध जवाफी गोल गरेका छन्।

एनआरटी डि-बक्सभित्र एन्डभएपछि पेनाल्टी पाएको आर्मीले पाएको अवसरलार्इ गोलमा परिणत गरेको हो।

यसअघि एनआरटी खेलको २० मिनेटमा पहिलो गोल गरेको थियो। यससँगै खेल १-१ गोलको बराबरीमा चलिरहेको छ।

घरेलु फुटबल आन्तरिक किचलोमा फसेपछि स्थगित हुँदै आएको ए डिभिजन लिग पाँच वर्षपछि आज शुरु भएको हो। रेलिगेशन नहुने प्रावधान सहित सुरु गर्न लागिएको लिगमा १४ क्लबले करिब तीन महिना प्रतिस्पर्धा गर्नेछन् ।

९१ खेल हुने यस प्रतियोगिता करिब तीन महिनामा सम्म चल्ने छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.