काठमाडौं, कात्तिक १: गैर आवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वको लागि गरिएको निर्वाचनको मत गणना सकिएको छ।
एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी भएको जनाइएको छ। निर्वाचन मण्डलले केहीबेरमा नयाँ कार्य समिति घोषणा गर्ने बुझिएको छ ।
विजयी पन्तले पाएको मतको परिणाम भने सार्वजनिक भइसकेको छैन। सचिवमा पनि पन्त समूहका गौरीराज जोशी निर्वाचित भएका छन्। कोषाध्यक्षमा पन्त समूहकै महेशकुमार श्रेष्ठ विजयी भएको जनाइएको छ। सहकोषाध्यक्षमा लोक दाहाल विजयी भएका छन्।
अध्यक्षमा निर्वाचित भएका पन्तले मतपरिणाम केहिबेरमा सार्वजनिक हुने भन्दै सबै जनालाई उपस्थित हुन जानकारी गराएका छन् ।