एनआईसी एशियाले ल्यायो “फण्ड ट्रान्सफरमा हरेक हप्ता माेवाइल फोन हातमा” अफर

| 2023 Sep 08 | 01:15 pm 1345

काठमाडाैं, भदाै २२ । डिजिटल बैंकिङ्गमा मुलुकको अग्रणी स्थानमा रही सहज बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले कनेक्ट आइपिएससँगको  सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग  ग्राहकका लागि “फण्ड ट्रान्सफरमा हरेक हप्ता माेवाइल फोन हातमा” अफर सार्वजनिक गरेको छ ।

सो अफर अन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली मोवाइल बैकिङ्ग ग्राहकले बैंकको मोबाइल बैकिङ्ग  एप प्रयोग गरी कनेक्ट आइपिएस मार्फत फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्ने बैंकले जनाएको छ ।

यो अफर भाद्र १७, २०८० गतेदेखि असोज २०, २०८० गतेसम्म लागु हुने उक्त अफर अन्तर्गत एकजना ग्राहक महानुभावलाई हप्ता सकिएपछि (आइतबारदेखि शनिबारको अवधिलाई एक हप्ता मानिने छ) ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरिने र उक्त विजेताको जानकारी एनआईसी एशिया बैंकको आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिने पनि बैंकले जनाएको छ ।

फण्ड ट्रान्सफर  गर्न आफ्नो मोवाइल बैंकिङ्ग  एपमा लग इन गरी मोबाइल स्क्रिनको तल्लो भागमा रहेको फण्ड ट्रान्सफर  अप्सनमा क्लिक गरेर अदर बैंक युजिङ कनेक्ट आइपिएसमा छनौट गर्नुपर्छ । यसरी फण्ड ट्रान्सफर गर्दा गर्दा कनेक्ट आइपिएसमा छुट्टै दर्ता गर्न आवश्यक पर्दैन । फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ती मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रर्वद्धन गर्ने विश्वास बैंकले लिएको बताएको छ ।

हाल २४ लाखभन्दा बढि मोवाइल बैंकिङ्ग ग्राहक महानुभावहरुले (MoBank) एप प्रयोग गरिरहनु भएको छ भने मोवाइल बैकिङ्गमा रहेको कनेक्ट आइपिएस मार्फत प्रति दिन प्रति कारोबार रु. ३ लाख रुपैयाँसम्म  ट्रान्सफर गर्न सकिनेछ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.