एनआईसी एशियाले ल्यायो अनलाइनबाटै २ लाखसम्मको कर्जा तुरुन्तै पाइने सुविधा

रिपोर्ट नेपाल | 2023 Jul 19 | 02:46 pm 1569

काठमाडौं, साउन ३ । बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ मुलुकको बैंकिङ्ग क्षेत्रमा उत्कृष्ट सेवा तथा योजनाहरू ल्याइरहेको एन आई सी एशिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा अनलाइन लोन अगेन्स्ट फिक्स डिपोजिट नामको अर्को एक उत्कृष्ट योजना ग्राहकहरू माझ ल्याएको छ ।

यो योजनाअन्तर्गत बैंकमा मुद्दती निक्षेप राख्नुभएका ग्राहक महानुभावहरूले बैंकको मोबाइल बैंकिङ्ग वा बैंको वेबसाइटबाट आवेदन दिई निक्षेपको ९० प्रतिशतसम्म वा २ लाखसम्मको कर्जा तुरुन्तै प्राप्त गर्न सकिने बैकले जनाएको छ ।

‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको यस बैंकले ल्याएको यस कर्जाको लाभ लिन योग्य ग्राहक महानुभावहरूले मोबाइल बैंकिङ्ग एप वा वेबसाइट प्रयोग गरी कर्जा लिन सक्नेछन् । उक्त विकल्प छनौट गरेपछि सिस्टमले आवेदनको मुद्दती खाताको विवरण र खातामा उपलब्ध रकम तत्कालै जानकारी लिनेछ र यसपछि ग्राहकहरूले आफूले चाहेको कर्जा रकमको विवरण भरेपछि २ लाखसम्मको कर्जाको लागि आवश्यक विवरण भरेपछि ओटीपी कोड प्राप्त हुनेछ । अब उक्त ओटीपी कोड हालेर सर्त मञ्जुरीमा क्लिक गरेर प्रविष्ट गरेपछि कर्जा रकम ग्राहक महानुभावहरूको खातामा तुरुन्तै जम्मा हुनेछ ।

यस योजनामार्फत २ लाखभन्दा माथिको कर्जाको हकमा भने ग्राहकहरूले डिजिटल फर्म भरेर यस बैंकको शाखा कार्यालयमा गई आवश्यक प्रकृया पूरा गरेपछि मात्र कर्जा प्राप्त गर्न सकिने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.