काठमाडौँ फागुन ७ : डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै ग्राहक माझ गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकले नेपालमा पहिलोपटक भित्र्याएको कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे प्रणाली ( साइबरसोर्स) लाई गेटवे पेमेन्ट सर्भिस प्रा. लि. नामक पिफ्नटेक कम्पनीले व्यवसायीहरू माझ पुर्याउने भएको छ ।
उक्त्त कम्पनीले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालक (pso) को सेवा तथा सुविधा गर्ने अनुमति प्राप्त गरेपश्चात बैंकले ल्याएको अन्तर्राष्ट्रिय गेटवे प्रदायक कम्पनीको गेटवे प्रणालीलाई नेपालमा सरल डिजिटल भुत्तफनी प्रभावकारी बनाउने विश्वास बैंकले लिएको जनाएको ।
यसबाट इच्छुक मर्चेन्टहरूले जुनसुकै राष्ट्रिय तथा अन्तर्राट्रिय बैंकद्वारा प्रदान गरिएको कार्डहरू मार्फत भुक्तानी प्राप्त गर्न सक्ने
प्रणाली सुचारु गर्न सक्नेछन् । अमेरिका, चीन, भारत लगायत एशिया, युरोप र अप्रिफ्काका विभिन्न देशहरूमा प्रयोग भइरहेको साइबरसोर्स गेटवे प्रणाली आफ्नो उच्च सपफ्लता दर र निर्वाध भुत्तफनीका लागि विश्वजगतमा प्रतिष्ठित रहेको बैंक द्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
यस सुविधा मार्फत ठूलो संख्यामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड प्रयोगकर्ताहरूसँग देशमा रहेका विभिन्न मर्चेन्टहरूले व्यवसायिक सम्बन्ध कायम गरी सोझै आफ्नो एन आई सी एशिया बैंक खातामा भुक्तानी प्राप्त गर्न सक्ने पनि बैंकले जनाएको छ।
(बैंक द्वारा जारी बिज्ञप्ति हेर्नु होस् )
