एनआईसीले ल्यायाे रेमिटेन्सकाे रकम एपबाट झिक्न सकिने सेवा

| 2023 Jun 23 | 01:43 pm 1905

काठमाडाैं, असार ८ ।  डिजिटल फष्टबैंकको रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरू डिजिटल माध्यमबाट प्रदान गर्ने दीर्घकालीन लक्ष्य लिएकाे एनआई सी एशिया बैंकले आफ्ना ग्राहकहरुको नाममा विदेशबाट आएको रेमिटेन्स रकम बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत बुझ्न सकिने सेवाको सुरुवात गरेको छ ।

सेवा सुरु भएसँगै मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकलाई आएको रेमिटेन्स रकम यसै बैंकमा रहेको आफ्नै  खातामा डिपोजिट गर्न सकिने बैंकले जनाएकाे छ ।  डिजिटल कारोबारमाआम ग्राहकलाई थप प्रोत्साहन गर्नुपर्ने  आवश्यकतालाई  महशुस गरी यस्ताे सेवा ल्याइएकाे पनि जनाइएकाे छ ।

एनआई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंक भएकाे र बैंकले  मुलुकभर ३ सय ६० शाखा कार्यालयहरू, ४ सय ७३ एटिएम, १ सय ९ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।  ।

हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गतआर्थिक वर्षमा ३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित भएकाे पनि बैंकले दावी गरेकाे छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा आफ्नाे सेवा विस्तार गरेकाे पनि बैंकले जनाएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.