काठमाडाैं, भदाै २९ । एनआइसी एशिया बैंकले आर्थिक वर्ष २०७९/८० को कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीकाे २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५२६३ प्रतिशत नगद गरी कुल ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
पूँजीकोष नपुर्याउदा बैंकले विगत दुई आर्थिक वर्षदेखि लाभांश वितरण गर्न पाएको थिएन। नगद लाभांश वितरण गर्दा बैंकको पूँजीकोषमा दबाव पर्नसक्ने भएकोले उसले बोनस शेयरमा बढी जोड दिएको छ।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।
