एडीबीले लगानी गरेका आयोजनाको कार्य-प्रगतिमा उठ्यो प्रश्न

रिपोर्ट नेपाल | 2018 Nov 23 | 02:59 pm 2475

काठमाडौं, मंसिर ७ : एसियाली विकास बैंक (एडीबी) ले नेपालमा सञ्चालित आयोजनाको कार्य सम्पादनमा प्रश्न उठाएको छ । काठमाडौंमा आयोजित त्रिपक्षीय समीक्षा बैठकमा एडीबीले सञ्चालन गर्दै आएको आयोजनामा राजनीतिक बेथितिले प्रवेश पाउँदा कार्य सम्पादन हुन नसकेको विषयमा समेत प्रश्न उठाएको हो ।

त्रिभूवन विमानस्थलको स्तरोन्नतिको काम गर्न नसकेको र अन्य आयोजनामा समेत सोचेअनुरुपको काम हुन नसकेको भन्दै एडीबीले असन्तोष जनाएको छ ।

यस्तै, नेपाललमा गरिएको लगानीलाई आफ्नो हितमा प्रयोग गर्न सरकार असफल भएको समेत एडीबीको निष्कर्ष थियो । उसले आफ्नो समीक्षा प्रतिवेदनमा नेपालमा चालू आर्थिक वर्षमा पनि ठेक्का सम्झौंता र रकम खर्चमा समस्या देखिएको पनि स्पष्ट पारेको छ ।

यता, अर्थ मन्त्रालयले भने एडीबीले लगानी गरेको पुनर्निर्माण, काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार आयोजना, एयर ट्रान्सपोर्ट, क्षमता अभिवृद्धि कार्यक्रमले गति लिने जनाएको छ ।

एडीबीले नेपालमा हालसम्म २ खर्ब ८० अर्बभन्दा धेरै बजेट लगानी गरेको छ भने सञ्चालित आयोजनामध्ये १ खर्ब २५ अर्ब रुपैयाँको ठेक्का लाग्न भने बाँंकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.