एटीएम प्रयोगमा नयाँ व्यवस्था – अड्किएको रकमको व्याजसमेत दिइने

रिपोर्ट नेपाल | 2018 Jul 11 | 05:43 pm 3282

काठमाडौं, २७ असार :  एटीएम कार्ड आजको बैंकिङ युगमा एक सहज साधन बन्न पुगेको छ तर यसबाट रकम झिक्दा ग्राहकले यदाकदा विभिन्न समस्याहरू भोग्न पर्ने देखिएको छ ।

कहिलेकाहीँ सहज रूपमा सेवा प्रदान गर्दै आएका यस्ता प्रकारका एटीएम मेसिनहरूमा आर्थिक कारोबार गर्ने प्रशंगमा कथमकदाचित  विद्युतीय अवरोध वा अन्य कुनै भइपरी आउने अवरोधका कारणले गर्दा ती मेसिनहरूले सहज रूपमा नगद प्रवाह गर्न नसकी बीचैमा नोट अड्किएको खण्डमा आफ्नै रकम लिनका लागि विभिन्न बैकिंङ प्रक्रियाहरू पार गर्नु पर्ने हुन्छ ।

स्वचालित मेसिनहरूमा आउने अवरोधका कारण कतिपय अवस्थामा त नगद प्रवाह नगरे तापनि ग्राहकको खातामा रहेको रकम स्वतः कट्टा गरिदिएका प्रमाणहरू पनि भेटिने गरेका छन् ।सर्वसाधारणले भोग्न पर्ने यस्तै समस्यालाई मध्यनजर गर्दै आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीतिले केही नयाँ व्यवस्था गरेको छ जसअनुसार यदि एटीएम कारोबार गर्दा मेसिनको समस्याको कारण भुक्तानी प्राप्त नहुने तर खातामा रकम घट्न जानेभएमा सकेको छिट्टो सम्बन्धित बैंकले ग्राहकलाई उक्त रकम फिर्ता दिनुपर्ने र खातामा रकम फिर्ता नगरे त्यसरी घटेको रकमको व्याजसमेत दिनुपर्ने व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.