एक सशस्त्र प्रहरी जवानद्वारा आफैंमाथि गोली प्रहार

| 2020 Mar 08 | 12:32 pm 2320

सर्लाही, फागुन २५: ड्युटीमा रहेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा सशस्त्र प्रहरी बल नं १० गण कविलासी सर्लाहीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्रा रहेका छन् ।

उनी आफैँले बोकेको एसएलआरले घाटीमा गोली हानी घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए।

सर्लाही बलरा नगरपालिका निवासी घाइते मिश्राको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचार गरी थप उपचारका लागि वीरगञ्जमा पठाइएको र घटनामा अनुसन्धान भइरहेको उनले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.