एक सय १७ दिने महायज्ञको भव्य कलश यात्रा

रिपोर्ट नेपाल | 2018 Nov 12 | 05:12 pm 2176

-राजु साह
बारा, कात्तिक २६ :  जिल्लाको प्रसौनी गाउँपालिका स्थित दुधौरा नदिको किनारमा आयोजित “सिताराम जप महायज्ञ”को भव्य रुपमा कलश यात्रा गरिएको छ ।

महायज्ञ स्थलबाट सोमबार बिहान निकालिएको विशाल कलश यात्रा प्रसौनी बजार क्षेत्रको परिक्रमा गर्दै त्रिवेणी दोभानबाट जल उठाई विधिपुर्वक यज्ञ स्थानमा फर्केका थिए ।

“सिताराम जप महायज्ञ”को कलश यात्रामा प्रसौनी गाउँपालिकाका जनप्रतिनिधि सहित हजारौको संख्यामा कन्या बालिका, महिला, पुरुषहरु, हाती, घोडा, बाजागाजा सहित कलश यात्रा गरिएको थियो ।

हजारौको संख्यामा निकालिएको कलश यात्राले प्रसौनी क्षेत्र रौनकमय भएको थियो ।
गत भदौ ५ गते देखि शुरु भएको “सिताराम जप महायज्ञ” एक सय १७ दिन निरन्तर रहेको महायज्ञ व्यवस्थापन समितिका अध्यक्ष सुनिल गुप्ताले बताए ।

एक सय १७ दिने महायज्ञको व्यवस्थापन भव्य रुपले भएको छ । यज्ञमा निःशुल्क स्वास्थ शिविर, बाहिरबाट आउने भक्तजनहरुका लागि निःशुल्क खाने, बस्ने व्यवस्था गरिएको यज्ञ व्यवस्थापन समितिले जनाएको छ ।

शान्ति सुरक्षालाई मध्यनजर गरी यज्ञ स्थलमा १८ वटा सिसिटिभी क्यामरा जडान गरिएको प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला गुप्ताले जानकारी दिएका छन ।

यज्ञ स्थलको शान्ति सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सेनाका प्रमुखहरुसंग छलफल निरन्तर भइरहेको तथा यज्ञ स्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष गुप्ताको भनाई रहेको छ ।

यज्ञमा मनोरञ्जनका लागि ७५ वटा विभिन्न भगवानको मुर्ति बनाइएको छ । यसको साथै विभिन्न ठाउँबाट खेल, तामासा, मौतका कुवा, झुलुवा समेत रहेको छ ।

“सिताराम जप महायज्ञ”मा हवन गर्नको लागि एक सय एक जना जोडीलाई अहवान गरिएको यज्ञका संयोजक आत्माराम दास (चटिया बाबा)ले जनाए ।
कलशकाे फोटो फिचर:

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.