कञ्चनपुर, चैत्र २६ : जिल्लाको लालझाडी गाउँपालिकामा एक युवकले दाइकी सासुको हत्या गरेका छन् । एक आपसमा विवाद हुँदा युवकले कोदालो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
लालझाडी गाउँपालिका १ बिनावारीका ५० वर्षीया बासमति रानालाई सोही गाउँका २५ वर्षीय निरज रानाले कोदालो प्रहार गरी हत्या गरेका हुन् ।
आपसी विवादमा हत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए ।
कोदालो प्रहार गरी हत्या गर्ने निरज रानालाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ । जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।