एक युवकमा काेराेना संक्रमण पुष्टि भएपछि मैतीदेवी क्षेत्र सिल

रिपोर्ट नेपाल | 2020 May 20 | 04:04 pm 1748

काठमाडौं, जेठ ७ः बुधबार मैतीदेवीमा डेरा गरी बस्ने दुई युवामध्ये एकजनामा कोरोना संक्रमण पुष्टि भएपछि उक्त क्षेत्र सिल गरिएकाे छ । संक्रमण पुष्टि भएका ती युवालाई पाटन अस्पताल लगिएको छ। अर्का एक जनाको रिपोर्ट आउन बाँकी रहेकाे बुझिएकाे छ।

कमलपोखरी प्रहरी वृत्तले अहिले त्यो क्षेत्र सिल गरेको हो। संक्रमित युवा रामेछापको भएको र उनी वैशाख ३० गते रामेछापबाट काठमाडौं आएको प्रहरीले जानकारी दिएकाे छ।

संक्रमण पुष्टि भए लगत्तै मैतीदेवी मन्दिरदेखि प्रहरी बिटसम्मको क्षेत्रमा सिल गरिएको प्रहरीले जनाएको छ। बुधबार नै कालिमाटी प्रहरी वृतका एक सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमित भएपछि वृतलाई सिल गरी त्यहाका सम्पूर्ण सुरक्षाकर्मीहरूलाई क्वारेन्टाइनमा राखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.