काठमाण्डौ कात्तिक २२/ प्रहरी वृत्त महाराजगंजका प्रमुख डिएसपी अमर थापाको कमाण्डमा गएको टोलीले गए राती साढे दुई बजे छापा हान्दा एक महिला सहित सात जुवाडेलाई पक्राउ गरेको छ । धुम्बाराही पिपलबोरमा रहेको दुइतले जस्ताको टहरामा जुवा खेलिरहेका जुवाडेलाई पक्राउ गरीएको हो। २ लाख ९२ हजार नगद र २० हजार रुपैयाको चेक सहित पक्राउ गरीएको बुझिएको छ । यसरी पक्राउ पर्नेमा खोटाङ घर भएकी निशाना राइ, धादिङका कुमार रोका, दोलखाका किरन थापा, रामेछापका सुमन श्रेष्ठ भक्तपुर सूर्यविनायकका सुशिल लामा, हेरौडाका कृष्ण बहादुर मोक्तान र दोलखाका सुन्दर कार्की रहेका छन । सुराकीको आधारमा छापा मार्दा जुवाको खालबाट तास समेत बरामद गरीएको छ । पक्राउ परेका सवैलाई प्रहरी वृत्त महाराजगन्डा राखिएको छ ।