एक महिलालाई अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रहार

रिपोर्ट नेपाल | 2019 May 23 | 09:48 am 1786

झापा , जेठ ९:  बुधवार राति मेचीनगर नगरपालिका–१० धुलाबारीमाखअज्ञात व्यक्तिबाट एक महिलामाथि धारिलो हतियार प्रहार भएको छ । उक्त धारिलो हतियार प्रहारबाट  ४१ वर्षीया आरती चौहान (बुढाथोकी) गम्भीर घाइते भएकी छन् ।

आरती घरमा सुतीरहेका बेला दुई अपरिचित व्यक्तिले धारिलो हतियार टाउकोमा प्रहार गरी हत्या गर्न खोजिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

उनीसँगै ७ वर्षीया छोरी पनि सुतेकी थिइन् । राति विद्युत नभएको र पानी परेको समय पारी कोठमा प्रवेश गरेका २ जनाले अरुलाई भनिस् भने मार्नेसमेत धम्की दिएको छोरीले बताएकी छन्  ।

उक्त घटना बिहीबार बिहान स्थानीयले थाहा पाएपछि मात्र प्रहरीलाई खबर गरेका थिए । घाइते आरतीको बिर्तामोडको एक अस्पतालमा उपचार भइरहेको स्थानीय गोकुल हुमागाईंले बताए । प्रहरीले ती धारीलाे हतिायर प्रहार गर्ने अज्ञात व्यक्तिहरुको खोजिकार्य शुरु गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.