एक महिनादेखि बेपत्ता भएकी वृद्धाको शव फेला

रिपोर्ट नेपाल | 2021 Feb 06 | 07:50 am 1857

पाल्पा, माघ २४ः गत पुस महिनादेखि हराएकी वृद्धा महिलाको शव आज जंगलमा भेटिएको छ । फेला पर्नेमा तानसेन नगरपालिका–८ निवासी ७७ वर्षीया हिराकुमारी चिदी रहेका छन् ।

माथागढी गाउँपालिका २ रुप्से स्थित सिप्लिकान सामुदायिक वनमा वृद्ध महिलाको शव भेटिएको हो । चिदी पुस ४ गतेदेखि हराएकोे जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाँले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.