एक बृद्धको घाँटी काटिएको अवस्थामा शव फेला

रिपोर्ट नेपाल | 2019 May 23 | 08:34 pm 2036

बारा, जेठ ९: जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर–७ झवानी टोलमा घाँटी काटिएको अवस्थामा एक बृद्धको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक खगेन्द्र धमलाले दिएको जानकारी अनुसार ६० वर्षीय परीक्षण महरा चमार आफ्नै घरमा मृतावस्थामा फेला परेको बताए ।

उक्त शव परीक्षणका लागि कलैया अस्पताल लगिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.