एक नम्बरमा नेपाल टेलिकम

| 2018 Oct 27 | 06:46 pm 3910

काठमाडौँ, कात्तिक १० :  नेपाली बजार पूँजीकरणका आधारमा लगातार शीर्ष स्थानमा रहँदै आएको नेपाल टेलिकम यो साता पनि एक नम्बरमा रहन सफल भएको छ ।

नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको साताका उत्कृष्ट दश कम्पनीमध्ये नेपाल टेलिकम शीर्ष स्थानमा रहेको हो । बजार पूँजीकरण मूल्यका आधारमा टेलिकमको हिस्सा एक खर्ब १७ अर्बको रहेको छ ।

दोस्रो नम्बरमा नविल बैंक रहेको छ । बैंकको बजार पूँजीकरण ७६ अर्ब ८४ करोड ९० लाख ४० हजार रहेको छ । उक्त बैंक पनि सामान्यता शीर्षमध्ये दोस्रो स्थानमा नै रहँदै आएको छ ।

तेस्रो स्थानमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ । बैंकको बजार पूँजीकरण मूल्य ६८ अर्ब ३२ करोड ७९ लाख ८० हजार रहेको छ । चौथो स्थानमा स्ट्याण्डर्ड चार्डड बैंक छ । बैंकको ५६ अर्ब ८० करोड १० हजार बराबरको बजार पूँजी रहेको छ ।

पाँचौँ स्थानमा एभरेष्ट बैंक रहेको छ । बैंकको ५१ अर्ब १३ करोड ११ लाख २० हजार, छैटौँ स्थानमा रहेको हिमालयन बैंकको ४४ अर्ब ७० करोड ९२ लाख ४० हजार, सातौँ स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४१ अर्ब छ करोड ७३ लाख १० हजार बजार पूँजी रहेको छ ।

आठौँ स्थानमा नेपाल एसबिआइ बैंकको ३९ अर्ब ९९ करोड ३१ लाख २० हजार, नवौँ स्थानमा रहेको एनआइसी एशिया बैंकको ३५ अर्ब ७३ करोड ८४ लाख ७० हजार र दशौँ स्थानमा रहेको एनएमबी बैंकको ३१ अर्ब चार करोड तीन लाख बराबरको बजार पूँजी रहेको छ ।

यो साता शेयर सङ्ख्याका आधारमा कालिका पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । कम्पनीको दुई हजार १७ कित्ता शेयर कारोबार भए । यस्तै पञ्चकन्या माई हाइड्रोको एक हजार २ सय ९७, प्रभु बैंकको एक हजार १ सय ५९, नाडेप लघुवित्त वित्तीय संस्थाको ७ सय ८८, मेघा बैंकको ५ सय १२, एनआइसी एशिया बैंकको ५ सय ०७, एनएमबी बैंकको ३ सय ७७, सिद्धार्थ बैंकको ३ सय ५४, जनता बैंकको ३ सय ४७ र कुमारी बैंकको ३ सय ३७ कित्ता शेयर कारोबार भएका थिए ।

कारोबार रकमका आधारमा प्रभु बैंक शीर्ष स्थानमा रह्यो । भने क्रमशः कुमारी, मेघा, एनआइसी एशिया, जनता, सिभिल, माछापुछ«े, एनएमबी, सिद्धार्थ र सेञ्चुरी कर्मसियल बैंकको शेयर कारोवार भए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.