एक दिवसिय सव डिभिजन स्तरिय योजना तर्जुमा गोष्ठी सम्पन्न

| 2023 Apr 07 | 08:19 pm 1909

  • शंकर रिखाम मगर

उदयपुर, चैत २४ः उदयपुरको रौतामाई गाउँपालिका वडा नम्वर ७ स्थित नव ज्योती सामुदायिक वनको सभा हलमा १ दिवसिय सव डिभिजन स्तरिय योजना तर्जुमा गोष्ठी डिभिजन वन कार्यलय त्रीवेणी कटारीको आयोजनामा सम्पन्न गरेको छ ।

No description available.

उक्त गोष्ठिमा नव ज्योती सामुदायिक वन उपभोक्ता समूह रौतामाई ७ राजावासका अध्यक्ष नेत्रवहादुर खड्काको अध्यक्षतामा सन्चालन गरिएको थियो भने सव डिभिजन वन कार्यलय भुट्टारका प्रमुख गिरिराज पोखेरेलले कार्यक्रम सन्चालन गरेका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि डिभिजन वन कार्यलय कटारीका सहायक वन अधिकृत हिराला शर्मा, विशेष अतिथिमा सव डिभिजन वन कार्यलय नेपालटारका सहायक वन अधिकृत देवचन्द्र गोइत र नेपाल पत्रकार महासंघ शाखा उदयपुरका कार्य समिती सदस्य शंकर रिखाम मगर सहितको उपस्थिति रहेको थियो ।

No description available.

गोष्ठिमा छिमेकी सामुदायिक वनहरु हुँदै सव डिभिजन वन कार्यलय र डिभिजन वन कार्यलय तथा स्थानिय निकाय लगाएतका सम्वन्धित अन्य सहयोगी निकायहरु संग सहयोग मागगरि पर्यावरण पर्यटकिय क्षेत्र वनाउने आगामी वार्षिक कार्यक्रम नव ज्योती सामुदायिक वनका सह सचिव मातृका दाहालले प्रस्तुती गरेका थिए ।

त्यसैगरी वन समुहमा रहेको हरेक गतिविधि लगाएत गर्नुपर्ने काम तथा कर्तव्यहरु कसरी अगाडि बढाउने यसलाई सव डिभिजन वन कार्यलय लगायत डिभिजन वन कार्यलय मार्फत रहेर काम गर्ने र नजानेका कुराहरु सिक्दै कार्य अगाडि वढाउने उद्देश्य सहित आगामी आर्थिक वर्ष २०८०र०८१ को वार्षिक कार्यक्रमको काम र खर्चको विवरण डुम्रीथुम्का आदर्श महिला सामुदायिक वनका अध्यक्ष चोककुमारी मगरले प्रस्तुत गरेकी थिइन् ।

No description available.

उक्त गोष्ठिमा रौतामाई ७ का नव ज्योती, रौतारानी, जाल्मे, अन्नपुर्ण, रानिधारा, पुवारे, लक्ष्मी र डुम्रीथुम्का महिला आदर्श वन समूह गरि ८ सामुदायिक वन समुहका ७ महिला र १२ पुरुष गरि १९ जनाले सहभागिता जनाएका थिए ।

गोष्ठिमा वार्षिक कार्यक्रम के हो ? कसरी बनाइन्छ ? कार्यक्रम बनाइ कुन कुन तह तथा निकायहरुमा पेश गर्ने ? सामुदायिक वनले के कस्ता कामहरु गर्ने ? सव डिभिजन वन कार्यलयले के कस्ता कामहरु अगाडि बढाउछ र डिभिजन वन कार्यकयले कस्ता कामहरु गर्दै सहजता ल्याउने भन्ने वारेमा डिभिजन वन कार्यलय त्रीवेणी कटारीका वन अधिकृत हिरालाल शर्मा र सव डिभिजन नेपालटारका सहायक वन अधिकृत देवचन्द्र गोइतले गिष्ठी सहजिकरण गरेका थिए ।

कार्यक्रममा नव ज्योती सामुदायिक वन समुहले २ सय ७३ घरधुरी रहेको समुदायमा हाल २ सय ३८ घरधुरिलाई स्वच्छ पिउने पानीको व्यवस्था गरि सकेको छ भने बाँकी ३५ घरधुरी रहेको बताउदै हाल भवनको घेरावेरा सम्पन्न भई केही वर्षमा उदयपुर जिल्लाको नमुना सामुदायिक वन पहिचान गराउने भावी योजना रहेको नव ज्योती सामुदायिक वनका अध्यक्ष नेत्रवहादुर खड्काले बताउँदै गोष्ठी समापन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.