एक चितुवा मृतावस्थामा फेला

रिपोर्ट नेपाल | 2020 Oct 13 | 10:54 am 2069

तनहुँ, असाेज २७ः मंगलबार तनहुँकाे शुक्लागण्डकी नगरपालिका–१ अमारेगाउँमा एक चितुवा मृतावस्थामा फेला परेको छ ।

डिभिजन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेका अनुसार उक्त चितुवा भाले रहेकाे  जानकारी दिए । एक वर्षको अवधिमा तनहुँका विभिन्न स्थानमा मृत अवस्थामा फेला पर्ने चितुवाको सङ्ख्या सात पुगेको छ ।

डिभिजन वन कार्यालयका अनुसार भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–९ बाइसजाँगर, भानु नगरपालिका–७ बगैचागाउँ, भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–७ वसन्तपुर र व्यास नगरपालिका–५ पतेनीमा चितुवा मृतावस्थामा फेला परेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.