एक किशोरीलाई जबर्जस्ती करणीको प्रयास गरेकाे आराेपमा एक पक्राउ

रिपोर्ट नेपाल | 2020 May 04 | 02:38 pm 1928

कपिलवस्तु, बैशाख २२ः  एक किशोरीलाई जबर्जस्ती करणीको प्रयास गरेकाे आराेपमा एक जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा महाराजगञ्ज नगरपालिका वडा नं ५ इटरोलका २६ वर्षीय रवीन्द्र केवट रहेका छन् ।

गए राति करिब १२ बजे युवतीका घरमा जबर्जस्ती करणीको प्रयास गरेपछि केवटलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए ।

अभियुक्तको स्युराज अस्पताल बहादुरगञ्जमा शारीरिक परीक्षण गरेर आज मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.