एक्कासी पहिरो जाँदा ४० को मृत्यु, तीन सय वेपत्ता

रिपोर्ट नेपाल | 2019 Jan 27 | 09:17 am 2281

एजेन्सी- ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा रहेको एक बाँध भत्किँदा अहिलेसम्म द्धण् भन्दा बढीको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । बेपत्ता बनेका करिब ३०० जनालाई जीवितै उद्धार गर्ने आशा झिनो बनेको स्थानीय उद्धारकर्मीले जनाएका छन् ।

शुक्रबार दिउसो करिब १ बजेतिर ब्राजिलको मिनास गेरियस राज्यको बेलो होरिजोन्टे शहरमा एक्कासि पहिरो गएको थियो । पहिरोसँगै बाँध फुटेर ठूलो क्षति भएको हो ।

सो घटनामा ३ सयभन्दा बढी बेपत्ता भएका छन् । उनीहरुको जिवितै उद्धार हुने सम्भावना न्यून भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

घटनालगत्तै खटिएका उद्धारकर्मीहरुले ५० जनाको जीवितै उद्धार गरेको जनाइएको छ । हराइरहेकाहरुको उद्धार प्रयास निरन्तर भइरहेको भए तापनि उनीहरू जिवितै पाइने आशा झिनो रहेको मिनास राज्यका गभर्नर रोमेउ जेमाले बताएका छन् ।

घटनापछि ब्राजिलका राष्ट्रपतिले आफ्नो डाभोस सम्मेलनको कार्यक्रमलाई छोट्याएर शुक्रबार नै स्वदेश फर्किएका थिए । शनिबार उनले घटनास्थलको अवलोकन समेत गरेको बताइएको छ ।

बाँध भत्किँदा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा शहरको करिब ३९ हजार जनसङ्ख्या प्रभावित भएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.