काठमाडौं, भदौ, १२ : प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले आज मंगलबार प्रहरी अस्पतालमा छड्के चेक गरेका छन् । अपराहन्न साढे तीन बजे एक्कासि नेपाल प्रहरी अस्पताल पुगेका महानिरीक्षक खनालले अस्पतालभित्रको ओपिडि सेवा लगायत आकस्मिक सेवाको निरीक्षण गरेका हुन् ।
अस्पतालका विषयमा केही गुनासो पुगेपछि अस्पतालको छड्के चेक जाँच गरेकाे समाचार स्राेतले बताएकाे छ । चेक जाँचकाे क्रममा प्रहरी अस्पतालका प्रमुख डा. दिनेशचन्द्र पोखरेल पनि अस्पताल परिसरमै थिए । पछिल्लो समय नेपाल प्रहरीका विभिन्न युनिटको छड्के चेक जाँच गर्दै आएका महानिरीक्षक खनालले प्रहरी अस्पतालको समेत चेक जाँच गरेका हुन् ।