एकै पटक एक महिला र चार जना पुरुषको हत्या

| 2020 Jun 09 | 08:01 am 2348

रुपन्देही, जेठ २७ः एकै पटक एक महिला र चार जना पुरुषको हत्या भएकाे छ । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजिकै मैनहवा गाउँमा एक व्यक्तिले आफ्नै ५ जना साथीको हत्या गरेका हुन् ।

घटनास्थलमै चार जनाको हत्या भएको थियो भने एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको शंकामा एकजना पक्राउ गरेको छ ।

मैनहवास्थित गाउँमा सोमबार राति एक युवकले आफ्नै साथीहरुको हत्या गरेका हुन् । मृतक र हत्या गर्ने दुवै स्थानीय कुखुरा फार्ममा काम गर्ने मजदुर रहेको स्थानीय एक युवाले बताए ।

किन र कसरी हत्या गरे भन्ने खुल्न सकेको छैन । मंगलापुर प्रहरी चौकीको प्रहरी टोली घटनास्थलमा पुगेर घटनाको विवरण संकलन गर्दै गरेको बताइएको छ ।

वडाध्यक्ष ब्यासमुन थारुले पनि घटनाको पुष्टि गर्दै आफू त्यस गाउँमा जान लागेको बताए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.