काठमाडाैं, असार ४ः बिहीबार नेपालमा संक्रमण अवधिकै सबै भन्दा धेरै ६ सय ७१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ६ सय ७१ जना संक्रमित थपिएका छन्। यससँगै कुल संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित गरिने प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये ५ सय ९१ जना पुरुष र ८० जना महिला रहेका छन्।
मन्त्रालयका अनुसार डिस्चार्ज हुनेको संख्या ११ सय ८६ पुगेको छ। जसमा १ सय १४ जना महिला र १ हजार ७२ पुरूष रहेका छन्।