काठमाडाैं, बैशाख २१ः नेपालमा एकै दिन थप १० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । पुष्टि हुनेमा नेपालगञ्जमा ९ जना र वीरगन्जका ३६ वर्षीय एक पुरुष रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाकाअनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन् । र संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् ।
यसअघि नेपालगञ्जमा एक जनामा संक्रमण देखिएको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । तीमध्ये १५ जना निको भएर घर फर्किएका छन् ।
वीरगञ्जमा भेटिएकाकाे स्वाब काठमाडौंमा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हाे । वीरगन्ज क्षेत्रमा मात्र संक्रमण पुष्टि हुनेको संख्या ९ पुगेको छ। गएको वैशाख १४ गते पर्साको वीरगन्जस्थित छपकैयाकै २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो।
त्यसलगत्तै भोलिपल्ट बाराको जीतपुरसिमराको क्वारेन्टाइनमा राखिएका थप २ पुरुष र वीरगन्जको छपकैयाका एक पुरुषमा पनि संक्रमण पुष्टि भएको थियो।
उनीहरुसहित पर्सामा संक्रमितको संख्या आठ पुगेको थियो। आज भेटिएका संक्रमित व्यक्तिसहित अब पर्साको वीरगन्ज क्षेत्रमा मात्र संक्रमितको संख्या ९ पुगेको नारायणी अस्पतालले जनाएको छ।
वीरगन्जमा गएको चैत ३० मा पहिलो पटक भारतीय ३ जमातीमा कोरोना पुष्टि भई पर्सा कोरोना संक्रमित फेला पर्ने जिल्लाका रुपमा दर्ज भएको थियो। आइतबारकाे संक्रमितसहित प्रदेश २ मा मात्र कोरोना संक्रमितको संख्या १३ पुगेको छ।