कपिलवस्तु, जेठ ७ः नेपालमा थप एकै जिल्लाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा सबैजना कपिलवस्तु जिल्लाका रहेका छन् ।
काेराेना संक्रमितमध्ये ६ जना महिला र ६ पुरुष रहेकाे कपिलवस्तु जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए।
उनीहरू जिल्लाकाे विजयनगर गाउँपालिकाका ३ जना र महाराजगञ्ज नगरपालिका ९ का रहेको प्रजिअ नेपालीले बताए। याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय १९ पुगेको छ भने २ जनाको मृत्यु भइसकेको छ।
३७ जना भने निको भएर घर फर्किसकेका छन्। अन्य संक्रमित उपचाररच छन् ।