एकै जिल्लाको चार स्थानीय तह पहिरोको उच्च जोखिममा

रिपोर्ट नेपाल | 2018 Aug 21 | 03:08 pm 2291

बैतडी, भदौ ५: बैतडी जिल्लामा रहेको चार स्थानीय तह पहिरोको उच्च जाखिममा परेका छन् ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार उच्च जोखिमको सूचिमा भने डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पुरचौडी नगरपालिका र मेलौली नगरपालिका रहेका समितिका संयोजक लालबहादुर महराले जानकारी दिए ।

बैतडी जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार प्रकोपको हिसाबले जिल्लाका अन्य स्थानीय तहमा पनि पहिरोको जोखिमी देखिएका छन् ।

जिल्लामा विभिन्न किसिमका प्रकोपको जोखिम रहेको र ती प्रकोपबाट हुने क्षति न्यूनीकरणका विषयमा सम्बन्धित स्थानीय तहसँग छलफल भएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैह्रेले बताए ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ अनुसार स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गर्न आग्रह गरिएको छ अधिकारीले भने, “स्थानीयस्तरमा विपद् व्यवस्थापन समिति गठन गरी कार्यान्वयनमा ल्याइएमा प्रकोपका घटनाबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ ।”

विभिन्न विपद्का घटनालाई न्यूनीकरण गर्न स्थानीय तहलाई बजेट छुट्याउन आग्रह गरिएको प्रजिअ गैह्रेले बताए । जिल्लाको डिलाशैनी गाउँपालिकाको बांगाबगर, गोकुलेश्वर, रुद्रेश्वर, दोगडाकेदार गाउँपालिकाको सित्तड र न्वाली पहिरोको उच्च जोखिममा छन् ।

यस्तै जिल्लाको पुर्चौंडी नगरपालिकाको मल्लादेही क्षेत्र र मेलौली नगरपालिकाको विशालपुर क्षेत्र पनि पहिरोको उच्च जोखिममा रहेको विपद् संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए ।

जिल्लामा हुनसक्ने प्रकोपका घटनाबाट हुने क्षति न्यूनीकरणका लागि जिल्लास्तरमा तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए। पहिरोको उच्च जोखिममा रहेका स्थानीयबासीले स्थानीयस्तरबाट पहिरो नियन्त्रण गर्न नसकिने भएकाले प्रदेश सरकार र सङ्घीय सरकारसँग माग गरिएको जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.