एकै खाडलमा गाडिएकाे अवस्थामा किशोर किशोरीकाे शव फेला

| 2022 Oct 16 | 06:15 pm 1417

दाङ, असाेज ३०ः दाङमा एकै खाडलमा गाडिएका दुई किशोर किशोरीकाे शव फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका १३ अम्बापुरको डाँडागाउँ टोलमा उनीहरुको शव भेटिएको हो।

डाँडागाउँकै १५ वर्षीया रोशनी महतरा र दङ्गिशरण गाउँपालिका ६ थपगाउँ घर भइ हाल दमारगाउँ स्थित मामाको घरमा बस्दै आएका १४ वर्षीय शरद आचार्यको शव खाल्डोमा भेटिएको प्रहरीले जनाएको छ। उनीहरु दुबै जना गत २७ गतेदेखि हराइरहेका थिए।

दमारगाउँ अस्थाई प्रहरी चौकीका प्रमुख मोहन चौधरीले  एकैसाथ हराएका उनीहरुलाई खोज्ने क्रममा किशोरको शव तल र किशोरीको शव माथी पारेर गाडेको अवस्थामा फेला परेको जानकारी दिए।  दुवैको शरिरमा धारिलो हतियार प्रयोग गरेर गहिरो घाउ देखिएका छन्। प्रहरीले घटना बारे अनुसन्धान भैरहेको र एकिन तथ्य खुली नसकेको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.