स्याङ्जा, कात्तिक २०ः अदालतको फैसलाबाट कैद तथा जरिवाना असुल उपर गर्न बाँकी रहेका विभिन्न मुद्दाका १ सय ११ जना फरार अभियुक्तहरूलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टाेलीले बुधबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कर्तव्य ज्यान, जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, हाडनाता करणी, हातहतियार खरखजना, लागूऔषध, मानव बेचविखन, सवारी ज्यान, बहु बिवाह, चेक अनादर, कुटपिट, लुटपिट लगायत विभिन्न जघन्य मुद्दामा संलग्न भई लामो समयदेखि फरार रहेकाहरू छन् ।
अभियुक्तहरुलाई पक्राउ गरी जिल्ला अदालत स्याङ्जामा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।