एकहत्तर प्रतिशत मुद्दा फैसला

| 2022 Jul 30 | 07:00 am 1481

डोल्पा, साउन १४ः जिल्ला अदालत डोल्पामा ७१ प्रतिशत मुद्दा फर्स्याेट भएका छन्। जिम्मेवारी सरेर आएका र आर्थिक वर्ष ०७८/७९ मा दर्ता भएका गरी ७१ प्रतिशत मुद्दा फर्स्याेट भएका हुन्।

जिल्ला अदालत डोल्पाका न्यायाधीश केशवराज चपाईका अनुसार अघिल्लो आर्थिक वर्षमा जिल्ला अदालत डोल्पामा जम्मा ६३ वटा मुद्दा दर्ता भएकामा ४५ मुद्दा मात्र फर्स्याेट भएका थिए। अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ३५ थान मुद्दासहित ४५ थान मुद्दा फर्स्याेट भएको जिल्ला अदालत डोल्पामा अब भने १८ थान मुद्दा मात्र फैसला हुन बाँकी रहेको जनाइएको छ।

गत वर्ष ५१ प्रतिशत मुद्दा फस्र्योट भएकोमा यस वर्ष ७१ प्रतिशत मुद्दा फर्स्याेट भएको जिल्ला अदालत डोल्पाले जनाएको छ। भौगालिक विकटता, सञ्चार माध्यमको कम पहुँच, कम जनशक्तिको अभावबीच पनि ७१ प्रतिशत मुद्दा फस्र्योट गर्न सफल भएको न्यायाधीश चपाईले बताए। बाँकी रहेका १८ वटा मुद्दा पुनः मेलमिलाप हुन सक्ने र केही सामान्य भएका कारण फर्स्याेट नगरिएको जनाइएको छ।

भौगोलिक कठिनाइ र सञ्चार माध्यमको पहुँच कम भएका कारण डोल्पामा म्याद तामेली समयमै गर्न समस्या हुने गरेको छ। आर्थिक वर्ष ०७८/७९ मा डोल्पामा १० जनाले सम्बन्धविच्छेदका मुद्दा दर्ता गरेका थिए। जसमध्ये सम्बन्धविच्छेदका सातवटा मुद्दा फर्स्याेट भएको र बाँकी तीनवटा मुद्दा पुनर्मिलन हुने सम्भावना भएकाले फैसला नभएको न्यायाधीश चपाईले बताए। यस्तै जबरजस्ती करणी मुद्दा सातवटा दर्ता भएकोमा सबै फर्स्याेट भएको बताइएको छ। गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.