एकढिक्का भएर बजेटको प्रतिरक्षा गर्न निर्देशन

| 2024 May 31 | 02:03 pm 1001

काठमाडौँ १८ जेठ / प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा पार्टीका सांसदहरूलाई एकढिक्का भएर बजेटको प्रतिरक्षा गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले उत्पादन, उत्पादकत्व र रोजगारीमा केन्द्रित रहेको बजेटको प्रतिरक्षा गर्न सांसदहरूलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री दाहालले यसपालि बजेटलाई समाजवादतिर उन्मुख गराइयो । अर्थतन्त्र राजनीतिक स्थितिअनुसार बजेट सन्तुलित नै छ। धेरै मेहनत गरेर संसद्को अवरोधको व्यवस्थापन गर्‍यौँ । एकढिक्का भएर बजेटको डिफेन्स गरौँ भनेका छन् ।’

अर्थमन्त्री वर्षमान पुनले बैठकमा आगामी आर्थिक वर्षको बजेट सन्तुलित र वस्तुगत भएको टिप्पणी गरेका थिए । आर्थिक सुधारको अवधारणासहित समाजवादउन्मुख बजेट ल्याएको अर्थमन्त्री पुनको भनाइ थियो । अर्थमन्त्री पुनले रुग्ण परियोजनाहरूलाई बजेटबाट हटाइएको समेत बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.