एएफसी यु-१६ महिला च्याम्पियनसिप : नेपाल म्यानमारसँग घरेलु मैदानमै ११-१ गोल अन्तरले पराजित

रिपोर्ट नेपाल | 2018 Sep 21 | 06:59 pm 1693

काठमाडौं, असोज ५ : नेपाल म्यानमारसँग ११-१ गोलअन्तरले पराजित भएसँगै एएफसी यु-१६ महिला च्याम्पियनसिपको छनोटबाटै बाहिरिएको छ । हलचोकस्थित एपीएफको खेल मैदानमा शुक्रबार साँझ सम्पन्न खेलमा म्यानमारसँग पराजित भएसँगै नेपालको छनोट हुने सम्भवना सकिएको हो ।

नेपालले पहिलो हाफमा एकपछि अर्को खराब प्रदर्शन गर्दै १० गोल खाएको थियो । नेपालले म्यानमारविरुद्ध कुनै उत्कृष्ट प्रदर्शन गर्न सकेन ।खेलको चौथो मिनेटमा नै नेपालले गोल खान पुगेको थियो । पाचौ मिनेटमा अर्को गोल खाएको नेपालले छैटौ मिनेटमा तेस्रो गोल खान पुगेको थियो ।

नेपाली खेलाडीमाथि हावी भएका म्यानमारका खेलाडीले एकपछि अर्को आक्रमक खेल खेल्दै गोलको वर्षा नै गर्‍यो । म्यानमारले खेलको १० औं, १७ औं र २० औं मिनेटमा गोल गर्दै ६-० गोलको अग्रता बनाएको थियो । खेलको २८औं, २९ औं, ३२ औं र ३७ औं मिनेटमा नेपालले गोल खादै १०-० गोलको भारी अन्तरले पछि परेको थियो ।

पहिलो हाफमै १०-० गोलले पछि परेको नेपालले दोस्रो हाफ भने १ गोल खादा १ गोल फर्काउन सफल भएको थियो । खेलको ६३ औं मिनेटमा म्यानमारले अर्को गोल गर्दै ११(० को अग्रता बनाएको थियो ।

नेपालको लागि निकिता ठोकरले गोल गर्दै ११-१ गोलको स्थितिमा पुर्‍याएकी थिइन् । यसअघि यअसघि बुधबार भएको खेलमा नेपाल फिलिपिन्ससँग ४-० गोलअन्तरले पराजित भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.