एउटै पार्टीबाट अध्यक्ष र उपाध्यक्षमा महिला निर्वाचित

रिपोर्ट नेपाल | 2022 May 16 | 07:50 am 1009

दैलेख, जेठ २ः जिल्लाको भैरवी गाउँपालिकामा नेपाली काँग्रेसबाट उम्मेदवार रीता शाही र देवी भण्डारी निर्वाचित भएका छन्। जिल्लामै पहिलो पटक एउटै पार्टीबाट अध्यक्ष र उपाध्यक्ष जित्ने पहिलो महिला प्रतिनिधि भएका हुन्।

७ वटा वडा रहेको भैरवी गाउँपालिकाको अध्यक्षमा रीता शाहीले ३ हजार ९ सय ९६ मत ल्याएर विजयी भएकी हुन्। उनको निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका सर्वराज महतराले ३ हजार ९ सय ६० मत ल्याएका थिए।

शाहीले १६ मत अन्तरले विजयी भएका हुन्। त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसकी देवी भण्डारी ३ हजार २ सय ७३ मत ल्याएर उपाध्यक्षमा विजयी भएकी छन्। उनको प्रतिद्धन्द्धी नेकपा एमालेकी पदमकुमारी विष्टले ३ हजार २ सय २६ मत ल्याएकी थिए।

उपाध्यक्षमा ४७ मतअन्तरले भण्डारी विजयी भएकी हुन्। एमालेबाट उपाध्यक्ष लडेकी विष्ट यसअघि २०७४ मा उपाध्यक्ष जितेकी थिईन्। अध्यक्षका प्रत्यासी महतारा २०७४ मा जिल्ला समन्वय समिति दैलेखको सदस्य थिए। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.