एउटै डाेरीमा पाँसो लगाएर आमाछोराले गरे आत्महत्या, डोरी चुँडिएर छोरी भने बाँचे

| 2018 Sep 10 | 07:11 pm 2801

विराटनगर, भदौ २५ : मोरङको बुढीगंगा गाउँपालिकामा आमाले छोरासहित झुण्डिएर आत्माहत्या गरेकी छिन् । एउटै डारीमा पाँसो लागेको अवस्थामा आमा कविता यादव र छोरा अमनको शव भेटिएको हो ।

पाँसो लागेको डोरी चुडिएर १० वर्षीय निशान भने बाँच्न सफल भएका छन् । कविता र ५ वर्षीय अमनको मृत्यु भएको छ । डोरी चुटिएर बाँच्न सफल भएको निशानको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक मनोज केशीका अनुसार बुढीगंगा गाउँपालिकामाअमाहीकी २९ वर्षीया कविताले सोमवार विहान घरको बलेसीमा दुई सन्तानसहित आत्माहत्याको प्रयास गरेकी थिइन् ।

कविताका पति अमरलालको दुई वर्षअघि निधन भएको थियो । श्रीमान वितेपछि कविताले दैनिक मजुदुरी गर्दै दुई सन्तानको लालन पालन गर्दै आएकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.