एआईजी श्याम ज्ञवालीद्वारा जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षण तथा निर्देशन

| 2023 Apr 16 | 09:37 pm 1317

काठमाडौं, बैशाख ३ः काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक श्याम लाल ज्ञवालीले जिल्ला प्रहरी परिसर ललितपुर कार्यालयको बिभिन्न शाखाहरु,हिरासत कक्ष लगायतको निरीक्षण गर्नुभई प्रहरी परिसर ललितपुरबाट सम्पादित पछिल्लो गतिविधीहरुको बारेमा जानकारी लिनुका साथै परिसर तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिएका छन् ।

निर्देशन सम्बोधनको क्रममा उनले प्रहरीको आचरण व्यबहार असल हुनुपर्ने , नागरिकहरुलाई छिटो छरितो र सहज सेवा प्रवाहमा जोड दिनुपर्ने तथा सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई अनुशासित र लगनशिल भई तोकिएको जिम्मेवारी त्रुटी रहित ढंगवाट सम्पादन गर्न आवश्यक निर्देशन दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.