काठमाडौं, चैत १२: नेपाल प्रहरीमा डिआइजीबाट एआइजीमा बढुवा भएका तीनजना प्रहरी अधिकृतलाई दर्रज्यानी चिन्ह प्रदान गरिएको छ।

एआइजीमा बढुवा हुनेमा तारिणी लम्साल, शैलेश थापा क्षत्री र हरिबहादुर पाल रहेका छन् ।
बढुवा भएका तीन जनालाई आइजीपी ठाकुरप्रसाद ज्ञवालीले दर्रज्यानी चिन्ह प्रदान गरेका हुन् ।
गृहमन्त्रालयले नेपाल प्रहरीमा रिक्त तीन एआइजीमा बढुवाका लागि लम्साल, क्षेत्री र पालको नाम सिफारिस गरेको थियो।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एआइजीमा सिफारिस तीनैजनाको नाम अनुमोदन गरेको थियो ।
गत २८ माघमा तत्कालीन एआइजीहरू ठुले राई र पुष्कर कार्कीले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि नेपाल प्रहरीको एआइजीले नेतृत्व गर्ने यी तीनवटै विभाग नेतृत्वविहीन बनेका थिए ।