ऊर्जामन्त्री बर्षमान पुन नर्भिक अस्पताल भर्ना

रिपोर्ट नेपाल | 2018 Nov 03 | 07:23 am 2132

काठमाडाैं, कात्तिक १७ :  ऊर्जामन्त्री बर्षमान पुन अस्पताल भर्ना भएका छन् । शुक्रबार राति छातीमा अचानक समस्या आएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।

नर्भिकमा अहिले मन्त्री पुनको स्वास्थ्य जाँच र उपचारमा डा. यादव भट्टसहितका चिकित्सक जुटेका छन् । मन्त्री पुनका प्रेस सल्लाहकार रोशन खड्काका अनुसार अहिले स्वास्थ्य जाँच भइरहेको छ ।

२०७२ सालमा जन्डिस बिग्रिएपछि पुनले लामो समय थाइल्यान्डमा बसेर उपचार गराएका थिए । उनी २०७३ फागुनमा पनि गम्भीर बिरामी भएर अस्पताल भर्ना भएका थिए । पुनको स्वास्थ्यमा पटक पटक समस्या देखिँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.