उर्जामन्त्री आफैंले गरे यस्तो गुनासो– देश ठेकेदारहरुले चलाएजस्तो लाग्छ !

रिपोर्ट नेपाल | 2019 Feb 21 | 02:18 pm 2174

कैलाली, फागुन ९ : देशको विकास, समृद्ध नेपाल बनाउन तथा जिल्लाको विद्युत आपूर्तिलाई सहज बनाउन भन्दै निर्माण गरिएका दुईवटा सबस्टेसन संचालनमा आएको छ ।

वर्तमान ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले बुधबार हसुलिया ३३–११ केभी र पहलमानपुर १३२–३३–११ केभी सबस्टेसनको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा मन्तब्य दिँदै मन्त्री पुनले हरेक नेपालीको घरमा तीन वर्षमा विद्युत पुर्‍याउने गरी सरकारले काम गरिरहेको बताए ।

साथै सरकारले काम गरेन भनेर हामी भन्छौं ठेक्कापट्टाको यस्तो अवस्था देख्दा प्रधानमन्त्री, मन्त्रीले शासन चलाएका छैनन्, काम नगर्ने ठेकेदारले चलाएका छन्, उनीहरुले काम गरे मात्रै सफल हुने अवस्था सिर्जना भएको छ । भनि मन्त्री पुनले गुनासो पाखे ।

उक्त योजना एसियाली विकास बैंकको सुहलियतपूर्ण ऋणमा निर्माण भएका यी सबस्टेसनको काम निर्धारित समयमै सकिएको नेपाल विद्युत प्राधकरणले जानकारी दिएको छ ।

लाइन हुँदा पनि कम भोल्टेजका कारण बत्ति, पंखा, मोटर लगायतका विद्युतीय उपकरण नचल्ने समस्या अव समाधान भएको प्राधिकरणको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.