उरुग्वे भर्सेस राष्ट्र रूस : काे बन्ला समूह विजेता ?

रिपोर्ट नेपाल | 2018 Jun 25 | 06:32 pm 3327

एजेन्सी, ११ असार : रूसमा जारी विश्वकप फुटबलको समूहचरण अन्तरगतका अन्तिम खेलहरू आजबाट हुँदैछन्। जसमा समूह ‘ए’ को अन्तिम चरणको पहिलो खेलमा आयोजक रसियाले दुईपटकको विश्व विजेता उरुग्वेविरुद्ध प्रतिस्‍पर्धा गर्दै छ।

दुवै टिमले सुरुवाती दुई खेलमा जित निकाल्दै नकआउट चरण सुरक्षित गरेकाले समूह विजेताका लागि दुवैकाे सम्भावना बलियाे छ । उरुग्वे रसियाभन्दा बलियो टिमका रूपमा हेरिएकाे भए पनि रूसले समेत बलियाे सम्भावना कायमै राखेकाे छ।

नेपाली समयअनुसार अाज राति पाैने ८ बजे सामारा एरेना खेलमैदानमा उरुग्वेकाे सामना रुसले गर्नेछ । यो खेलअघि नै प्रि-वाक्टरफा्नरइलमा स्थान बनाइसकेको यी दुई टिमको खेलमा समुह ए को विजेता र उपविजेताको टुङगो लाग्नेछ ।

यी दुईको समान ६ अंक भए पनि रुस गोल भिन्नताको आधारमा शीर्ष स्थानमा छ । होम ग्राउण्डको फाईदा रुसले लिन सक्ने देखिँदा उरुग्वे प्रावधिक रुपमा बलियो टिम हो । उरुग्वेले पछिल्ला पाँच खेलमा गोल नखाई निरन्तर जित निकालेकाले पनि स्वाभाविक रूपमा रसियामाथि बलियो चुनौती प्रस्तुत गर्नेछ।

तर, रसियाले पनि जारी विश्वकपमा आफ्नो प्रभावशाली प्रदर्शन गरेको छ। पहिलो खेलमा साउदीमाथि प्रतियोगिताकै फराकिलो जित निकाल्दा दोस्रो खेलमा नकआउटको दाबेदार मानिएको इजिप्टलाई सहज रूपमा पराजित गरेकाले समूह विजेता बन्नेमा रसिया आशावादी छ।

सोभियत युनियन पछिको रासियासँग उरुग्वेले ठूलो प्रतियोगिता नखेलेकाले यि दुईबीच औपचारिक प्रतियोगितामा पहिलो भेट हुँदै छ। यी दुईले २०१२ मा मैत्रिपूर्ण खेलमा १-१ गोलको बराबरी खेलेका थिए। त्यसअघि सोभियत युनियनको समयमा उरुग्वेले ७ पटक प्रतिस्‍पर्धा गरे पनि रसियासँग १९७० को विश्वकपमा एक पटक मात्र जित निकालेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.