उमा शर्मा साच्चिकै असल नारी : महामन्त्री कोइराला

| 2018 Jul 10 | 06:17 pm 2918

काठमाडौं, २६ असार : नेपाली कांग्रेसका महामन्त्री संशाक कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा उमा लक्ष्मीदेवी शर्माको योगदान उल्लेख्य भएको बताएका छन् । महामन्त्री कोइरालाले शहीद लीला यशोदा दाहाल स्मृति प्रतिष्ठानद्वारा प्रकाशित प्रजातन्त्र सेनानी उमा शर्माको जीवनी र सिर्जना नामको पुस्तक विमोचन गर्दा बताएका हुन् ।

नेता कोइरालाले उमा नेपालको प्रजातान्त्रिक आन्दोलनकी अग्रणी नेतृ मात्र नभएर उनी कोइराला परिवारकी इमान्दार र संर्घषशिल महिला भएको बताए । उनले विपी कोइरालाले भने जस्तै उमा कहिल्यै ठुलो मान्छे नबनेर सधैँ असल मान्छे बनेको बताएका थिए । नेता कोइरालाले उमाले राजनीति मात्र नगरेर त्यो बेला कोइराला परिवारका सदस्यहरू जेलमा रहँदा आफूहरूको अभिभावक समेत रहेको बताएका छन् ।

पूर्वसांसद पुरुषोत्तम बस्नेतको सभापतित्वमा सम्पन्न पुस्तक विमोचन समारोहमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले उमा शर्मा आमा दिव्य, नोना आमा र सष्मा ममीबाट जे जस्तो संस्कार पाउनुभयो त्यसलाई जीवनपर्यन्त पालना गर्ने साहसिक र निडर महिला भएको बताए ।

नेता कोइरालाले राजा महेन्द्रले वि स २०१७ सालमा जननिर्वाचित विपी कोइरालाको सरकारलाई अपदस्त गरेपछि शैलजा आचार्यको नेतृत्वमा देखाइएको कालो झण्डा देखाउने मध्येकी साहसिक महिला नेतृ भएको बताए । प्रतिष्ठानका संरक्षक समेत रहेका कोइरालाले प्रतिष्ठानले एउटा प्रजातन्त्रका लागि अनवरत लडेकी उमा शर्माको जीवनी प्रकाशित गरेर उनीप्रति सच्चा श्रद्धाञ्जली भएको बताए । प्रतिष्ठानका अध्यक्ष बालकृण दाहाल (बिकेडी)द्वारा लेखन तथा सम्पादन गरिएको उक्त पुस्तकका विषयमा वरिष्ठ साहित्यकार डा तुल्सी भट्टराईले प्रकाश पारेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.