उपाधिका लागि जोर्डनसँग भीड्ने

रिपोर्ट नेपाल | 2024 Feb 28 | 07:59 am 1529

साउदी, फागुन १६। नेपाल वाफ महिला च्याम्पियनसिप २०२४ फाइनलमा पुगेको छ। गएराती भएको सेमिफाइनल खेलमा नेपालले लेबनानलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।

साउदीको जेद्दा शहरको किङ अव्दुला सिटी स्पोर्टस स्टेडियममा जारी प्रतियोगिताको ३८ औं मिनेटमा नेपालकी डिफेन्डर पूजा राणाबाट आत्मघाती १ गोल भएको थियो।

पहिलो हाफमा १-० ले पछि परेको अवस्था उल्ट्याउँदै नेपालकी सावित्रा भण्डारी (साम्बा)ले ७५ औं मिनेटमा गोल गर्दै बराबरी बनाएकी थिइन्। खेलको ९४ औं मिनेटमा डिफेन्डर प्रिती राईले दोस्रो गोल गरेर अग्रता दिलाइन्।

null

नेपाल यो जितसँगै वाफ च्याम्पियनशिपको फाइनलमा पुगेको छ। यसअघि पनि नेपालले समूह चरणको सुरुवाती खेलमा सिरयालाई  ४-१ , ईराकलाई ५-० र प्यालेस्टाइन लाई ४-० गोलले पराजित गरेको थियो। नेपालको समूहमा इराक, सिरिया र प्यालेस्टाइन रहेका थिए।

नेपालले अब फाइनलमा जोर्डनसँग खेल्नेछ। फाइनल खेल २९ फरवरी बिहीबार हुनेछ। मंगलबार भएको पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५-० गोलले हराउँदै जोर्डन फाइनलमा प्रवेश गरेको थियो। जोर्डन साविक विजेतासँगै प्रतियोगिताको ५ पटकको विजेता हो।

(अन्नपुर्णबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.