काठमाडौं, पुस २७ : नेकपा सचिवालयले गरेको निर्णयलाई अटेर गर्दै आएकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व सभामुख शुभाष चन्द्र नेम्वाङले दह्रो साथ दिएको बुझिएको छ ।
गत शनिबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सचिवाय बैठकले उपसभामुख तुम्बाहाङ्फेलाई राजिनामा गराउने निर्णय गरेको थियो । तर सचिवायलको बैठकलाई चुनौती दिँदै आफू पार्टीको सदस्य नरहेकी भन्दै तुम्बाहाङ्फेले राजिनामा दिएकी छैनन् ।
उपसभामुख तुम्बाहाङ्फेले आफूलाई सभामुखकाे उमेरदवार प्रस्ताव नगरेसम्म राजिनामा दिने नदिने अडान राख्दै आएकी छन् । उपसभामुख तुम्बाहाङ्फेकाे राजिनामा नदिँदा सभामुख चयन प्रक्रिया अगाडी बढेको छैन ।
प्रधानमन्त्री ओलीकाे प्रस्तावमा पूर्व सभामुख नेम्वाङले पुन: सभामुख बन्न तयार भएका थिए । तर नेकपाका अध्यक्ष प्रचण्डले नेम्वाङलाई अस्विकार गरेका थिए । त्यसपछि नेम्वाङ सभामुख बन्ने वातावरण नबनेसम्म उपसभामुख तुम्बाहाङ्फेलाई राजिनामा नदिन प्रधानमन्त्री र नेम्वाङले उक्साएको स्राेत बताउछ ।
सभामुख र उपसभामुख एउटै पार्टीको नबन्ने संवैधानीक व्यवस्था भएकोेले कानूनी मन्त्री बनाउने इच्छा प्रधानमन्त्री ओलीको रहेको बताइन्छ ।राष्ट्रपती र प्रधानमन्त्री पूर्व ऐमालेबाट भएकाले एकताको सन्देश दिन पनि सभामुख पूर्वा माओवादीलाई दिनु पर्ने तर्क प्रचण्डले गर्दै आएका छन् ।
पार्टीको निर्देशनलाई अटेर गरेकी तुम्बाहाङ्फेलाई पर्दा पछाडीबाट दर्विलो साथ भएकोले नेम्वाङको वातावरण नबन्दसम्म उनले राजिननमा नदिने निश्चित जस्तै छ ।