रोल्पा, भदाै ११: आइतबार अज्ञात समुहद्वारा उपराष्ट्रपति नन्दबहादुर पुनको घरमा बम बिस्फोट गराएको छ । रोल्पाको परिवर्तन गाउँपालिका –२ को कार्यालयसमेत रहेको पुनको घरमा राति बम विस्फोट भएको स्थानीय प्रहरीले जानकारी दिए ।
राङ्सीको वडा कार्यालय समेत रहेकाे उपराष्ट्रपति पुनको घरमा बम विस्फोट र आगजनी हुँदा कार्यालयमा पूर्ण रूपमा क्षति पुगेको छ । वडा कार्यालयमा रहेकाे विभिन्न महत्वपूर्ण कागजातसमेत जलेर नष्ट भएकाे प्रहरीले बताए ।
उक्त घटना कसले र किन गराएको भन्ने बारे अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाए । फायल फाेटाे