उपरथी ईश्वर हमालद्वारा मिशन सिरियाको Head of Mission तथा (HoM & FC) को कार्यभार ग्रहण

रिपोर्ट नेपाल | 2020 Aug 01 | 08:54 am 3214

काठमाडौं, साउन १७ः नेपाली सेनाका उपरथी ईश्वर हमालले United Nations Disengagement Observer Force मिशन सिरियाको Head of Mission तथा Force Commander (HoM & FC) को कार्यभार सम्हालेका छन् ।

२०७७ साउन १२ गते एक विशेष समारोहका बीच उनले उक्त मिशनका Acting Head of Mission, Mr Amedeo MICELLI सँग कार्यभार बुझेका हुन् । उक्त कमाण्ड बुझबुझारथ (Hand Over & Take Over) कार्यक्रममा शान्ति सैनिकको एक टुकडीले उनलाई सम्मान गारत अर्पण गरेको थियो ।

उक्त औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै उपरथी हमालले मिशनका लक्ष्यहरु हासिल गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै सबैको सहयोगको अपेक्षा रहेको बताएका थिए ।

संयुक्त राष्ट्र संघका महासचिव Antonio Guterres द्धारा उपरथी हमाललाई २०७६ फागुन १२ गते उक्त पदमा नियुक्त गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.