“उपयोगी सम्पर्कमा” निरन्तर पुटिन र ट्रम्प

रिपोर्ट नेपाल | 2018 Jul 25 | 08:02 am 2011

मस्को, साउन ९: रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच निरन्तर “उपयोगी सम्पर्क” भइरहेको छ।

यसअघि भएको दुई नेताको शिखर वार्ताका क्रममा निरन्तर सम्पर्कमा रहने सहमति भएबमोजिम उहाँहरू सम्पर्कमा रहेको फ्रान्सको प्रमुख प्रशासनीक केन्द्रका अधिकारीहरूले बताएका छन्।

रुस र अमेरिकाका बीचमा रहेको कूटनीतिक चिसोपन कम गर्न यस्ता भेटघाट र वार्ताहरूले सहयोग पुग्ने विश्वास गरिएको छ ।

पुटिन र ट्रम्पको शिखर सम्मेलन गत हप्तामात्रै फिनल्याण्डको हेल्सिन्कीमा भएको थियो । सम्मेलनमा ट्रम्पको भूमिकालाई लिएर कतिपय उहाँकै सुभेच्छुकहरूले चर्को आलोचना गरेका थिए ।

यसै वर्षको अन्त्य तिर अमेरिकाको वासिङटनमा दुई नेताको अर्को शिखर बैठक गर्ने सहमति पनि भएको जनाइएको छ । तर दुवैतर्फबाट यसका लागि कुनै तयारी भने नभएको अधिकारीहरूले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.