उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगकाे आह्वान जारी

रिपोर्ट नेपाल | 2019 Sep 02 | 07:35 pm 1391

काठमाडौं, भदौ १६ : आगामी मंसिर १४ गते हुने उप-निर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ताका लागि सार्वजनिक सूचना जारी गरेको छ । स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको उपनिर्वाचनका लागि आयोगलगे दल दर्ताको आह्वान गरेको हो ।

इच्छुक दलले भदौ मसान्तभित्र आयोमा विवरणसहित दल दर्ता गर्नुपर्नेछ । एकीकरण भई वा गाभिई नयाँ नाममा दर्ता भएका दलहरु पनि उपनिर्वाचनका लागि आयोगमा दर्ता हुनुपर्ने सूचनामा जनाइएको छ ।

२०७४ सालमा भएको प्रतिनिधिसभा, प्रदेशसभा वा स्थानीय तह निर्वाचनमा सहभागी दललाई वार्षिक लेखापरीक्षण प्रतिवेदन बुझाउन पनि भनिएको छ । संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम आयोगले सूचना जारी गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.