उपत्यका प्रवेश गर्ने ट्रिपरलाई साँगा चोकमै रोक्ने

| 2018 Jul 18 | 06:42 pm 1654

काठमाडौं साउन २ : प्रहरीले उपत्यका प्रवेश गर्ने ट्रिपरहरुलाई साँगा चोकमै रोक्ने भएको छ । ट्रिपरले गर्दा सवारी दुर्घटना बढेपछि दिउँसोको समयमा साँगा चोकमै रौक्ने भएको हो ।

काठमाडौं उपत्यकामा ट्रिपरलाई विहान ५ बजेदेखि राति ८ बजेसम्म रोक लगाउने निर्णय भएको छ । ट्राफिक महाशाखाले उपत्यकाको निर्णयअनुसार भक्तपुर ट्राफिकले पनि ट्रिपरलाई दिउँसो चलाउन रोक लगाएको छ र रातको समयमा पनि टाइमकार्ड लागू गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले भने, ‘ट्राफिक महाशाखाको निर्णय कार्यान्वयनमा हामीले पनि सहयोग गरेका छौं । रोक लगाएको समयमा ट्रिपरहरुलाई साँगाबाट प्रवेश गर्न दिँदैनौं ।’ टिपरलाई रातको समयमा पनि साँगाचोक, जगाती र थिमीमा टाइम कार्ड दिने गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.