उपत्यकामा मास्क नलगाइ हेलचेक्राइँ गर्ने बढे

| 2020 Oct 05 | 07:33 am 1412

काठमाडाैं, असाेज १९ः देशमा लगाइएको बन्दाबन्दी हटेसंगै कोरोना संक्रमण बढ्दै जान थालेको छ । संक्रमण बढ्ने प्रमुख कारण आम मानिसले जनस्वास्थ्यको मापदण्ड पालना नगरिएको पाइएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन मानिसहरुले स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड पालना नगरेकोले कोरोनाको जोखिम बढेको बताएका छन् ।

बन्दाबन्दी खुलेसंगै मापदण्डको पालना गरी हामीहरुले काम गर्नु पर्नेमा त्यसो हुन नसकेको डाक्टर पुन बताउछन् । अहिले मानिसहरु सडकमा विना मास्क हिडिरहेका छन् । कोरोना संक्रमण रोक्ने हो भने जनस्वास्थ्यका मापदण्ड इमान्दारीका साथ सवैले पालना गर्न जरुरी रहेको उनको भनाई छ ।

आम मानिसले हात धुनी, मास्क लगाउने कुरामा पालना नगरेको कुरा स्वास्थ्य मन्त्रालयको रिपोर्टले पनि देखाएको डाक्टर पुन बताए । अहिले काठमाडौंमा बढ्दै गएको कोरोनाको संक्रमण लकडाउनपछि बाहिरबाट आएका मानिसहरुबाट संक्रमण फैलिएको उनी बताउछन् ।

काठमाडौंका उपत्यकामा मानिसहरु कोरोना संक्रमण हटिसक्यो भन्ने तरिकाले हेलचेक्राइँ गरेर हिडिरहेका छन् । मास्क नलगाउने माथि सरकार कडा रुपमा प्रस्तुत हुनुपर्छ । हामी अरु देशको तुल्नामा जनस्वास्थ्यका मापदण्ड पालना गर्न चुकेको उनी बताउछन् ।

जनस्तरमा कोरोना संक्रमणबाट बच्न जनस्वास्थ्यका मापदण्ड पालना गर्न अभियान नै चलाउन आवश्यक रहेको डा. पुन बताउछन् । अब आउने चाड पर्वमा कोरोनाको जोखिम बढ्ने देखिएको छ । अहिलेको आउने चाडवाड फरक तरिकाले मनाउन आवश्यक छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.