उपत्यकामा निषेधाज्ञा अवज्ञा गर्नेलाई जरिवाना

रिपोर्ट नेपाल | 2021 May 06 | 12:38 pm 2549

काठमाडौं, बैशाख २३ः उपत्यकामा निषेधाज्ञा अवज्ञा गर्नेलाई प्रहरीले जरिवाना गर्न थालेको छ । संक्रामक रोग ऐन–२०२० अनुसार जिल्ला प्रशासन कार्यालयले जारी गरेको रसिदका आधारमा प्रहरीले १ सय रुपैयाँ जरिवाना लिन थालेको हो ।

निषेधाज्ञालाई प्रभावकारी बनाउन उल्लंघनकर्तालाई जरिवाना गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए ।

काठमाडौंका पनि सवै प्रहरी युनिटले स्थानिय प्रशासनको आदेश उल्लंघन गर्नेहरुलाई जरिवाना लिन थालेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले बताए ।

बिहिबारबाट जरिवानामा थप कडाई गरिने एसपी बस्नेतले बताए । संक्रामक रोग ऐन–२०२० अनुसार स्थानीय प्रशासनलाई ३ सय सम्म जरिवाना र ६ महिना कैद सजाय गर्ने अधिकार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.